प्रचण्डका स्वकीयको सन्तानको लीला

प्रचण्डका स्वकीयको सन्तानको लीला

हिजो ‘बुर्जुवा’ कहलिएकादेखि ‘आमूल परिवर्तनकामी’ भन्नेसम्मको आजको समानता हो– यौन र यौनजन्य अपराधमा सक्रियता । के सेना, के प्रहरी, के राजनीतिक दलका नेता–कार्यकर्ता यौनजन्य कसुरबाट कोही अछुतो रहेनन, बरु पात्रहरु थपिँदा छन् । 

पछिल्लो समय नेपाल प्रहरी तर्फ राजपत्रांकित प्रथम श्रेणीकै हाकिमदेखि नेकपा अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन गर्ने नेताका सन्तानसम्म यस्तोमा मुछिएका छन् । हैसियत हेरिकन कोही पुरष्कृत हुँदै, त कोही छानविनकै क्रममा छन् । कसुर सजाय हँुदा वर्षौंसम्मको कैद सजाय हुन्छ । तर पुरष्कृत गर्ने प्रवृत्तिले राजनीतिक तहमा त्यस्ता अपराध सामान्य बन्न थालेका छन् । 

त्यस्ताले उत्पादन गर्ने कार्यकर्ता, त्यस्ता पथभ्रष्ट कार्यकर्ता विकास भएर भोलि मुलुक हाँक्ने बेलामा देशले भोग्नुपर्ने दुर्गतिका हिसाव अलग छन् । र, यौनजन्य क्रियाकलापमा सक्रियता बढ्दै अहिले गृहमन्त्रीको टेबुलमा फाइल पुगेको छ , प्रहरी प्रधान कार्यालय नक्सालबाट । 

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका माहिला छोरा तुकमानको समाचार गत साता प्रकाशित भएको थियो । तर, यो साता दुखको समाचार छ कि यौनजन्य तथा घरेलु हिंसामा आरोपित हुँदाहुँदै उनै तुकमान यसै साता अखिलको केन्द्रीय कमिटीमा पारिएका छन् । 

यससंगै नेपाल सरकारको एसएसपी दर्जामा बहाल रहेका सौरभ राणाविरुद्धको कारवाही प्रक्रिया गृहमन्त्रालयमा पुगेको छ । संघीय प्रहरी इकाई धरानमा कार्यरत उनी डिएसपी हुँदा पनि पूर्व क्षेत्रीय प्रहरी कार्यालय इटहरीमा थिए । त्यहाँ हुँदा पनि बढी जसो धरानमा देखिने उनी बढुवा भएपछि धरानमै कार्यालय रहेको संघीय प्रहरी इकाईमा पोस्टिङ मिलाएर पुगे ।

तर ती पोस्टिङ शान्तिसुरक्षा कायम गर्न नभएर झापातिरकै सिभिलियन महिलासंग यौनजन्य क्रियाकलापमा मग्न हुन रहेछ भन्ने कुरा अहिले गृहमन्त्रीको टेबुलमा रहेको अर्कै महिलासंग लहसिएबापत पुरानीले हालेको उजुरसम्बन्धी फाइलले बताउँछ । 

नेपाली सेनामा पनि यौनकाण्डबापत जागिर खोसिने, जेल जाने र विदेशस्थित मिशनमा कार्यरत भए समातेर फर्काइनेको ताँती छ । त्यहाँ आर्थिक वर्ष ०७६÷०७७ बीच अधिकृत ३, पदिक ४ र अन्य ८ गरी १५ जना यो काण्डमा सेकिएका छन् । नेपाल प्रहरीमा त लैंगिक नीति नै लागू भएको छ । संयुक्त राष्ट्रसंघले अगाडि सारेको लैंगिक हिंसाविरुद्ध शून्य सहिनशिलता अन्तर्गत प्रहरीले आफ्ना कर्मचारीमा त्यस किसिमको विचलन देखेमा सम्झौताहीन कदम चाल्ने गरेको हो । 

कातिक २४ गते नेपालगञ्ज तालिम केन्द्रका सई बोमबहादुर राना रंगिला काण्ड लागेर बाँके जिल्ला कारागार चलान भएका छन् । नेपाल प्रहरीतर्फ तीन वर्षभित्र यौनहिंसाका १६९ उजुरी परेमध्ये १ एसएसपी, ३ जना डिएसपी र ५ जना इन्सपेक्टर मुछिएको अभिलेख छ ।

हिजो शाही सत्ताका रक्षक, बुर्जुवा भनिएकाहरुमा त अहिले यस्तो फौलादी अनुशासन लगाउन थालिएको छ भने समाज फेर्न हिँडेका नमूना क्रान्तिकारीहरुले नमूना गतिविधि देखाउँदा उल्टै पुरस्कृत हुन थालेबाट कम्युनिष्ट नैतिकता र आचरणका गफ पत्याइनसक्नुको मजाक बन्न पुगेको चर्चा छ । जनआस्था लेख्छ । 

एसएसपी ‘बुर्जुवा’

संम्बधित खबर

विशेष