भुक्तानी नपाएपछि ठेकदारले चाले यस्ताे कदम...
गुल्मी । गुल्मीमा भुक्तानी नपाएपछि ठेकदारले आफैँ निर्माण गरेकाे सडक भत्काएका छन्।
जिल्लाको कालीगण्डकी गाउँपालिका-२ को आर्बेनी देउराली भयकोटको सडक निर्माण व्यवसायी कूलप्रसाद न्यौपानेले भत्काइदिएका हुन् । निर्माण व्यवसायीले भत्काइदिएपछि मंगलबार दिनभर बन्द थियो ।
पैदलै हिड्नसमेत कठिन भएको थियो । लामो समयसम्म रकम उपलब्ध नगराएपछि सडक भत्काइदिएको निर्माण व्यवसायी न्यौपानेले बताएका छन् । तर जनस्तरबाट आलोचना भएपछि मंगलबार राति पुनः मर्मत गरिदिएका छन् ।