सिरियाली सेना र आईएस लडाकूबीच भिडन्त
एजेन्सी – पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आईएस) लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएकाे एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।
सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकैे भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ ।
आईएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ठ सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिन पछाडि पुनः आईएसले आक्रमण गरेको बताइएको छ ।
अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परी ३ सय ४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन् । त्यसैगरी १ सय ३ आईएस लडाकू मारिएकाे जनाइएको छ ।