News

राष्ट्र बैङ्कका डेपुटी गभर्नरको निलम्बन फुकुवा

राष्ट्र बैङ्कका डेपुटी गभर्नरको निलम्बन फुकुवा

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन फुकुवा भएको छ । वित्तिय सुशासन उल्लङ्घन गरेको आरोपमा मन्त्रिपरिषदकै निर्देशनमा छानबिनपछि श्रेष्ठलाई मन्त्रिपरिषद्ले नै निर्दोष ठहर गरेको हो ।

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकासमन्त्री समेत रहेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले श्रेष्ठलाई मन्त्रिपरिषद्ले निर्दोष ठहर गरेको जानकारी दिए ।

बाँस्कोटाले कुनैपनि व्यक्तिमाथि छानबिन हुनु स्वभाविक भएको भन्दै छानबिनबाट निर्दोष ठहरिएपछि डेपुटी गर्भनर श्रेष्ठलाई सफाइ दिएको बताए ।

निलम्बन फुकुवापछि डेपुटी गर्भनर श्रेष्ठले सत्यको जित हुने भन्दै आफ्नो कुनै गल्ती नरहेको प्रमाणित भएको बताए । ‘आखिर सत्यको जित भएरै छाड्यो । सत्य डगमगाएको छैन भन्ने कुरा यस घटनाबाट पनि पाठ सिक्न जरुरी छ,’  उनले भने । निलम्बन फुकुवासँगै कात्तिक १८ गतेदेखि निलम्बित अबस्थामा रहेका श्रेष्ठ नियमित काममा फर्किने भएका छन् ।

विशेष