यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय
काठमाडौँ — सरकारले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ती लगायतका निर्णय सुनाएका हुन् ।
यस्तै, सरकारले नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धीसन्धिलाई स्वीकृत गरी संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ।
यस्तै, सरकारले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमापुनः निर्वाचनका लागि ३० लाख रुपैयाँ र सीईडीएडब्लू समिति सदस्य पदमा निर्वाचनका लागि १० लाख रुपैयाँ राष्ट्रसंघको नेपाल स्थायी नियोग न्यूयोर्कलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ।