द्वन्द्वपीडितमैत्री कानुन नहुँदा समस्या
बुटवल। त्यतिबेला बर्दिया राजापुरकी रविना चौधरी भर्खर १७ वर्षमा टेक्दै थिइन्। आमाबुवाले १६ वर्षमै बिहे गरिदिए। बिहे भएको एक वर्ष नबित्दै २०५८ सालमा उनका पति क्रिमकुमार चौधरीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी बेपत्ता बनायो। प्रहरीले पक्राउ गर्दा २० वर्षमा हिँड्दै गरेका चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्थे।
पक्राउ गरिएपछि उनलाई कहाँ लगियो, के गरियो र अवस्था के छ रु यिनै प्रश्नको जवाफ खोज्दै रविनाको १७ वर्ष बितेको छ। तर उनले जवाफ पाएकी छैनन्। उनी अहिले पनि एक्लै न्यायको खोजीमा छन्। कलिलो उमेरमै पतिको सानिध्यबाट टाढिएकी उनलाई परिवारले पनि एक्ल्याउँदै गयो।
उनका पति बेपत्ता भएको पाँच वर्षपछि तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो। दुवै पक्षको समझदारीमा द्वन्द्वका बेला बेपत्ता पारिएकाको खोजी गरी अवस्था सार्वजनिक गर्ने उद्घोष गरियो। तर रविनाले अहिलेसम्म न पति पाएकी छन् न शव। यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन।
द्वन्द्वपीडित कानुन