बजेट खर्च झन् कमजोर, १ खर्ब ७४ अर्ब खातामै
काठमाडौँ। प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ अर्ब रुपैयाँ सरकारी खातामै थन्किएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार पुस २५ गतेसम्ममा कुल बजेट खर्च २६ प्रतिशत र विकास बजेट खर्च १४ प्रतिशत मात्रै छ । राजस्व, वैदेशिक अनुदान तथा ऋणलगायत शीर्षकमा सरकारले प्राप्त गरेको बजेटमध्ये १ खर्ब ७४ अर्ब खातामा मौज्दात छ ।
कात्तिकसम्म मौज्दात रकम १ खर्ब ५० अर्ब रुपैयाँ मात्रै थियो । ‘यो खातामा केही ठेक्कापट्टा र अन्य क्षेत्रको धरौटी तथा राजस्व फिर्ताअन्तर्गतको रकम पनि हुन्छ, जुन न्यून छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अधिकांश रकम सरकारले खर्च गर्न नसकेरै थुप्रिएको हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन।
बजेट खर्च