News

जंगलमा तास खेलिरहेका ५ जना प्रहरी नियन्त्रणमा

जंगलमा तास खेलिरहेका ५ जना प्रहरी नियन्त्रणमा

बनेपा। बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले उनीहरुका साथबाट नगद र सवारी साधनसहित नियन्त्रणमा लिएको हो। 

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र  दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ । 

जंगल पक्राउ तास

विशेष