News

पशुपति क्षेत्रमा अनुमतिबिना राखिएका पूजा सामग्री पसल हटाइने

पशुपति क्षेत्रमा अनुमतिबिना राखिएका पूजा सामग्री पसल हटाइने

काठमाडौंः पशुपति क्षेत्रका विभिन्न ठाउँमा अनुमतिबिना राखिएका पूजा सामग्रीलगायतका पसल हटाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै एक हप्ताभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल हटाउन निर्देशन दिएको छ ।

कोषका अनुसार स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश दिइएको हो । 

पञ्चदेव पछाडिका २६ पसलले मात्र स्वीकृति लिए पनि झण्डै दुई सय पसल टहरामा सञ्चालन गरिएको छ । जसले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असजिलो भएको कोषले जनाएको छ ।

यसैबीच कोषले पर्यटकलाई आकर्षित गर्न अब हरेक महिनाको पहिलो दिन सङ्गीत सन्ध्या आयोजना गर्ने भएको छ । कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीका अनुसार सङ्गीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति पर्यटकलाई जानकारी गराउने लक्ष्य रहेको छ । 

पशुपति क्षेत्र पशुपति क्षेत्र विकास कोष

विशेष