ओली र मोदीबीच टेलिफोन वार्ता, एकअर्कालाई दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लामो समयपछि आज टेलिफोनमा कुराकानी भएको छ।
बुधबार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गरेका छन्।
उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गरेका छन्।
'बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं,' ओलीले भनेका छन्।
प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।
टेलिफोन वार्ता मोदी ओली