News

पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बन्ने गरी योजना र कार्यक्रम ल्याइँदै

पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बन्ने गरी योजना र कार्यक्रम ल्याइँदै

लुम्बिनीः कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

रुपन्देहीको अमुवामा शुरु भएको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भुसालले कृषिका हरेक क्षेत्रको संरक्षण जरुरी भएकाले त्यसतर्फ सरकारले योजनाबद्ध कदम चाल्न थालेको जानकारी दिए । मन्त्री भुसालले अबको पाँच वर्ष्भित्र कृषिमा आत्मनिर्भर बन्नेगरी योजना र कार्यक्रम ल्याइने कृषिमा आत्मनिर्भर हुन सरकारका अबका कार्यक्रम त्यसतर्फ केन्द्रित हुने पनि बताए ।

उनले अझै प्रतिवर्ष एक लाख मेट्रिक टन माछाको उत्पादन बढाउनु जरुरी रहेकोतर्फ व्यवसायीको ध्यानाकर्षण गराए । उनले भने, ‘दूध, अण्डा, माछा, मासुजस्ता पोषणयुक्त खानेकुरा रुपन्देहीका जनताले जसरी पाइरहेका छन्, त्यसैगरी कर्णालीको जनताले समेत सहजरूपमा पाउने गरी उत्पादन गर्न सरकारले योजना ल्याउन थालेको छ ।’

घनश्याम भुसाल कृषि योजना र कार्यक्रम

विशेष