सुर्यास्तपछि भुलेर पनि नगर्नुहोस यस्ता गल्ति
पछिल्लो समय मानिसहरु शास्त्रमा उल्लेख भएका कुनै पनि कुराहरुलाई मान्न तयार हुदैनन। तर शास्त्रमा जे लेखिएको हुन्छ त्यो मानवजीवनसंग नै सम्बन्धित रहेको हुन्छ। शास्त्रमा उल्लेख भएका कतिपय कुराहरुलाई नजरअन्दाज गर्दा त्यसले जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ। यसको मतलब यो होइन कि अन्धविश्वास र कुरीतिलाई आँखा चिम्लिएर बिश्वास गर्नुहोस्। शास्त्रका अनुसार केहि कामहरु यस्ता हुन्छन जसलाई रातको समयमा भुलेर पनि गर्नु हुँदैन। आज हामी तपाईलाई यस्ता कामको बारेमा बताउन जाँदै छौ जसलाई रातको समयमा गर्दा आफैलाई हानी गर्न सक्छ।
ज्योतिषका अनुसार हरेक काम गर्नका लागि एक बिशेष समय छुट्टयाईएको हुन्छ। समय अनुसारको काम गर्न सकेको खण्डमा आवश्य नै सफल भइने छ। जब हामी गलत समयमा महत्पूर्ण काम गर्छौं त्यसको परिणाम जीवनमा गलत नै निस्कने गर्छ।
-ज्योतिषशास्त्रका अनुसार रातको समयमा गलत मान्छेलाई भेट्ने या कुरा गर्ने गर्नुहुँदैन किनकि उक्त समय सो व्यक्तिको नकारात्मकता आफुमा हाबी हुन सक्छ।
-बिष्णु पुराणमा उल्लेख भएअनुसार रातको समय कुनै मसानघाट या मरुभूमिको नजिक जानु हुँदैन।
-रातको समयमा मरुभूमि र मसानघाटहरुमा नकारात्मक उर्जा हुन्छ जसले जीवनमा ठुलो हानी नोक्सानी पुर्याउछ।
-रातको समयमा सुगन्धित परफ्युमबाट पनि बच्नु पर्छ किनकि सुगन्धित वस्तुहरुले रातको समयमा नकारात्मक शक्तिहरुलाई छिट्टै नै आफुतर्फ आकर्षित गर्दछ।
-बिशेषगरि रातको समयमा महिलाहरुको कपाल खोलेर सुत्ने बानी हुन्छ। यसो गर्नाले नकारात्मक शक्तिले घेर्ने गर्छ।
-आधा रातमा भुलेर पनि खाना खानु हुँदैन यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउछ।
-रातको समयमा कुनै रुखमुनि बसेर समय बिताउनाले पनि जीवनमा नकारात्मक प्रभाव पर्ने गर्छ।
#सुर्यास्त #