News

तीन साताभित्र लिखित जवाफसहित हाजिर हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश

तीन साताभित्र लिखित जवाफसहित हाजिर हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश

काठमाडौँ – बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ। घुस मागेको आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई बिहीबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई लिखित जावफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो।  

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्धा दायर गरेपछि अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले लिखित जवाफसहित हाजिर हुन आदेश दिएको अदालतका अधिकृत टीका सिं खत्रीले बताए।

 केही दिनअघि पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिनेक्रममा डा. गिरीले २० करोड घुस माग गरेको आरोप लगाएका थिए। आफूलाई लगाएको आरोपका कारण गाली बेइज्जती र मानमर्दन भएको दाबी गर्दै डा. गिरीले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए।

विशेष