News राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच किन हुँदैछ भिडियो कन्फ्रेन्स?

प्रधानमन्त्री ओली र मोदीबीच किन हुँदैछ भिडियो कन्फ्रेन्स?

काठमाडौं - प्रधानमन्त्री केपी ओली र भरती प्रधानमन्त्री नरेन्द्र मोदीबीच फेरि एक पटक भिडियाे कन्फ्रेन्स हुन लागेकाे छ। भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने कार्यक्रमकाे लागि भिडियाे कन्फ्रेन्स हुन लागेकाे हाे।

सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् । प्रधानमन्त्री कार्यालयका अनुसार २१ जनवरी (७ माघ)मा  कार्यक्रमको तयारी भइरहेको छ । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ । ती घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए ।

भिडियो कन्फ्रेन्समा जोडिने सन्दर्भ भने विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन हो । सहसचिव भुसालका अनुसार आइसीपीको औपचारिक उद्घाटनका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनेछन् ।

सोही बेला भारतीय सहयोगमा निर्माण गरिएका घरको हस्तान्तरण समेत हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घर हस्तान्तरणको तयारी भइरहेको छ । यो पनि पढ्नुहोस विराटनगरमा पनि आईसीपी तयार, जनवरीभित्रै हस्तान्तरण प्राधिकरणका अनुसार यी घर पेट्रोलियम पदार्थको पाइपलाइन उद्घाटनकै दिन हस्तान्तरण गर्ने तयारी थियो । तर, प्राविधिक कारणले उक्त प्रक्रिया पुरा हुन नसकेपछि ७ माघमा हस्तान्तरण गर्न लागिएको हो ।

विशेष