News

देशभर हिमपात र वर्षा, जनजीवन प्रभावित

देशभर हिमपात र वर्षा, जनजीवन प्रभावित

काठमाडौँ। सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले देशका विभिन्न भेगमा वर्षा भएको छ।

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले बताए, “वर्षासंगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”

हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने उनको भनाइ छ । महाशाखाका अनुसार शुक्रबार दिनभर मौसममा बदली भई देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ ।

शनिबारदेखि भने मौसममा सुधार आउने छ तर अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने सङ्केत देखिएको छ। वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सबैलाई  सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। 

मौसम

विशेष