News

यस्ता छन् वि.सं २०७७ सालका पर्वहरु

यस्ता छन् वि.सं २०७७ सालका पर्वहरु

काठमाडौंः नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना पर धकेलिएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णय अनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ ।

तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जनाए ।

यस्ता छन् बि.सं २०७७ सालका पर्वहरु

–घटस्थापना कातिक १ गते

–कातिक ७ गते गते फुलपाती ,

–८ गते महाअष्टमी,

–९ महानवमी

–१० गते विजया दशमी अर्थात टीका

–२८ गते कागतिहार

–२९ बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा

–३० गते गोवर्धन र म्ह पुजा

–मंसिर १ गते गते भाइटीका

–बैशाख ११ गते मातातिर्थ औशी

_ १४ गते अक्षय तृतीया,

_ २५ गते बुद्ध जयन्ती,

_ जेठ १९ गते गंगा दशहरा

_ असार ७ गते आइतबार औशीको दिन खण्डग्रास सुर्यग्रहण

– असार २१ गते गुरु पूर्णिमा

–साउन १० गते नागपञ्चमी

–१९ गतेजनै पूर्णिमा

–२० गते गाईजात्रा
–२७ गते कृष्ण जन्माष्टमी

–भदौ ३ गते कुशे औशी,
–भदौ ५ गते हरितालिका तीज

–भदौ ७ गते ऋषी पञ्चमी

–भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु

–असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने छ

–मंसिर ५ गते छठ

–मंसिर २८ गते बाला चतुदर्शी,

–पुस १५ मा उद्यौली र तमु ल्होसार

–पुस ४ गते बिवाह पञ्चमी

–फागुन २७ गते शिवरात्री,

–चैत १५ गते होली

–२९ गते घोडेजात्रा पर्व रहेको छ ।

–२०७७ सालमा राम नवमी छैन ।

–आगामी वर्ष बैशाख २१ र २२ , जेठ १२ र असार ११ गते मात्रै ब्रतबन्धको साइत रहेको छ ।  

पर्व २०७७

विशेष