News

टुटल र पठाओका दैनिक यात्रु ४५ हजार, आम्दानी दिनमै ३ हजार

टुटल र पठाओका दैनिक  यात्रु ४५ हजार, आम्दानी दिनमै ३ हजार

काठमाडौंः पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ ।

पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन् । यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको संख्या भने ११ लाखको हाराहारीमा छ ।

विशेषगरी विदेशबाट फर्किएका, देशमै बेरोजगार रहेका, युवा पिँढी, एउटै कामले रोजीरोटी नचलेकाहरु र रोजगारीको सिलसिलामा राजधानी पसेकाहरुका लागि यस्ता दुई पाङ्ग्रे सेवाप्रदायक सवारी आम्दानीको राम्रो स्रोत बनेको छ।

कम्पनीले दिएको जानकारी अनुसार फुल टाइमरले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा २५ देखि ३० ट्रिपसम्म यात्रु ओसार्न सक्छ । यो भनेको उसले दिनमा ३ हजारसम्म आम्दानी गर्नु हो । यो समाचार आज प्रकाशित भएको साप्ताहिकबाट लिइएको हो ।

टुटल पठाओ

विशेष