हिउँ परेपछि बन्दुक, भाला, खुकुरी लिएर जंगल पसे शिकारी

डोटीः हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ । खप्तड क्षेत्रका नजिकका जंगलमा वन्यजन्तुको चोरी शिकार बढेको हो । यहाँ उच्च लेकाली भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीय डम्मर नेपालीले बताए ।
वन्यजन्तुको शिकार गर्नेहरु बन्दुक, भाला, खुकुरी लिएर दिनहुँ जंगल जान थालेको उनले जानकारी दिए । लेकाली भेगमा बाक्लो हिमपातसँगै वन्यजन्तुहरु वस्ती तथा औलतिर आउने भएकाले शिकारीहरु शिकार खेल्न जाने गरेको स्थानीयले बताउँछन् ।
यहाँका सिकारीले कालिज, बँदेल, मृग, घोरल, बदेल, जरायो, रतुवालगायतका बन्यजन्तुको सिकार गरी सकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
डोटी हिउँ खप्तड क्षेत्र