News

बर्दियामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

बर्दियामा ट्रक दुर्घटना, ३ जनाको  मृत्यु

बर्दिया ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  

भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि ट्रकका सहचालक र दुई महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीकाे सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।

बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछि दुई जना महिला ट्रकमा चढेकाे ट्कका चालक चौधरीले बताएकाे प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटना

विशेष