News

बच्चासहित लामिछाने दम्पत्तिले त्रिशूलीमा किन फाले हाम?

बच्चासहित लामिछाने दम्पत्तिले त्रिशूलीमा किन फाले हाम?

काठमाडौंः काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहीबार साँझ त्रिशूली नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये बिनयको उद्धार गरिएको छ भने उनकी श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । दुई नाबालक भने बेपत्ता भएका छन् ।

उद्धार गरिएका अन्दाजी ३८ बर्षिय श्रीमान बिनयलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । 

उनीहरुले किन नदीमा हाम फाले भन्ने कुरा अझै खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । तर जमुनाको फेसबुक अकाण्ट हेर्दा ऋण तिर्न नसकेर आत्महत्या गरेको देखिन्छ ।

उनले केही समय अघि आफ्नो फेसबुकमा स्टाटस लेखे अनुसार मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकमधनीले दवाव दिएपछि सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

जमुनाले चलाएको इम्जिर अनुमग नामक फेसबुकमा गत जनवरी ४ मा थानकोटमा नयाँ डिएसपी आएको मिटरब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारवाही गर्न माग गरेकी थिईन् । उनले फेसबुकमा नाम समेत परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दवाव थेग्न नसकेपछि कारवाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो ।

उनीहरु माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएर काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ साढे ६ बजेको धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालक बच्चा लिएर दम्पत्तिले नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा हाम फाले लगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेपछि स्थानीय र्‍याफ्टिङ गर्ने समुह लिई प्रहरीले बिनयलाई जीवित उद्धार गर्न सफल भएपनि जमुनाको भने मृत्यु भइसकेपछि शव फेला पारेकोे प्रहरीले बताएका छन् ।

घटनामा २ वर्षीय र ६ महिने बालक बेपत्ता छन् । नाबालकलाई जीवितै उद्धार गर्न सकिने सम्भावना सकिएको प्रहरीको भनाई छ । मकवानपुरका चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए ।

त्रिशूली नदी बिनय लामिछाने

विशेष