News

कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध

कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध

गुल्मीः निर्माणाधीन कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–३ अर्बेनी पुर्तीघाट सडक खण्डको कनौटामा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

नेपाली सेना हर्मिचौरका अनुसार ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पानी परिराखेकाले पहिरो पन्छाउन समस्या भएको र पानी रोकिएलगत्तै डोजर लगाउने नेपाली सेना बताएको छ । सडक अवरुद्ध हुँदा बुटबलदेखि बाग्लुङ कुस्मीसेरासम्म जाने  र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तीघाटसम्म ओहोरदोहोर गर्ने यात्रुहरुलाई सास्ती भएको छ । (फाइल फोटो) 

गुल्मी कालीगण्डकी करिडोर पहिरो सडक अवरुद्ध

विशेष