News

वास्तुशास्त्र: जान्नुहोस कुचोसँग जोडिएका यी रोचक मान्यताहरु

वास्तुशास्त्र: जान्नुहोस कुचोसँग जोडिएका यी रोचक मान्यताहरु

सामान्यतया कुचो हामी घरको सर-सफाई गर्नका लागि प्रयोग गर्ने गर्छौं।  तर धार्मिक शास्त्रमा भने कुचोलाई माता लक्ष्मीको प्रतीकको रुपमा पनि लिइन्छ। त्यसैले कुचोलाई कुल्चिने या अपमान गर्नुलाई धार्मिक शास्त्रमा ठुलो पाप हुने बताइन्छ। कुचोसंग जोडीका केहि यस्ता मान्यताहरु छन केहि कुराहरुमा ध्यान नदिएको खण्डमा यो समस्याको कारण बन्न सक्छ। 

वास्तुशास्त्र अनुसार जान्नुहोस कुचोसँग जोडिएका यी मान्यताहरु 

वास्तु अनुसार कुचोलाई यस्तो स्थानमा राख्नु आवश्यक छ जहाँ कसैको पनि नजर नपुगोस। कुचोलाई प्रयोग गरिसकेपछि लुकाएर राख्नु पर्छ। ढोकाको कुनामा पश्चिम दिशामा कुचो राख्नुलाई शुभ मानिन्छ।

यसका साथै कुचोलाई सिधा पारेर राख्नुलाई पनि बस्तुशास्त्रमा अशुभ मानिन्छ।  यसो किनकी कुचो घरमा कसैको मृत्यु भएको बेलामा मात्र ठड्याएर राखिन्छ।  

योसँगै गृहप्रवेशको समयमा अन्य सामग्रीसँगै नयाँ कुचो साथमै लैजानु पर्छ। यसले घरको सुख, समृद्धि हुनका साथै परिवारमा खुसियाली छाउछ।  

यदि घरका कोहि कोहि सदस्य कुनै शुभ कामका लागि बाहिर निस्किएका छन भने तुरुन्तै कुचो लगाउनु हुँदैन यसलाई अशुभ मान्ने गरिन्छ।  

 

 

कुचो

विशेष