कश्मिरमा हिमपहिरो, एक नेपाली सैनिकसहित ५ जनाको मृत्यु

काठमाडौंः भारत प्रशासित कश्मिरमा हिमपहिरोका कारण पाँच भारतीय सेनाको ज्यान गएको छ । लगातार परेको हिमपातका हिमपहिरो जाँदा पाँच भारतीय सेनाको मृत्यु भएको हो ।
भारतीय सेनाका अनुसार हिमपहिरोमा परेर एक नेपाली सैनिकको पनि मृत्यु भएको छ । हिमपहिरोमा मृत्यु हुनेमा सैनिक जवान सैनिक लक्ष्मण बिसी रहेको सेनाले जनाएको छ ।
त्यस्तै मृत्यु हुनेमा दुई नायक रहेका छन् । उनीहरुको नाम रामेश्वर कुमार र पुरुषोत्तम लाल हुन्। त्यस्तै चन्दबधन चौरसीया र रञ्जित सिंहको पनि मृत्यु भएको छ । मृत्यु भएका सेना प्रति भारतका थल सेना प्रमुखमनोज मुकन्द नरवडेले मृतक सेना प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
हिमपहिरोमा परेर धेरै स्थानीयको पनि मृत्यु भएको सेनाले जनाएको छ। मृत्यु कति जनाको भएको भन्ने भने खुलाएको छैन् ।
हिमपहिरो कश्मिर भारतीय सेना लक्ष्मण बिसी