News

वीरगञ्जमा स्थापना भयो नि:शुल्क पुर्नस्थापना केन्द्र

वीरगञ्जमा स्थापना भयो नि:शुल्क पुर्नस्थापना केन्द्र

वीरगञ्ज । वीरगञ्जमा लागु औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ । शान्तिपुर्ण एवम सुरक्षित समाजका लागी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालमै पहिलो परामर्श केन्द्रको उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी र नेपाल प्रहरीका प्रमुख प्रहरी  महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले देशका कर्णधार युवा भएकोले युवाहरुलाई लागु औषधको कुलतबाट बचाउन समाजको सक्रिय भूमिकाका आवश्कता रहेको बताउनु भयो । उहाले लागु औषधको सेवनकर्ताको संख्या गुणात्मक रुपमा बढिरहेको चिन्ता व्यक्त गर्दै त्यबाट महानगरपालिकाका युवाहरुलाई बचाउन आफुबाट हुने सबै सहयोग प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

लागु औषध प्रयोगकर्ताको पूर्नस्थापनाका लागि खुलेका केन्द्रहरुमा चर्कौ शुल्क रहेको चिन्ताव्यक्त गर्दै त्यहाबाट प्रदान गरिने सेवा सहि नभएको नगर प्रमुखले बताउनुभयो । च्याउ उम्रेजस्तै रिह्याब सेन्टर खुलेपनि चर्को शुल्क लिईरहेका कारण गरिव परिवारका युवाहरुलाई राख्न नसकिएको उहाले बताउनुभयो । नगर प्रमुख सरावगीले  आगामी भबिष्यमै प्रहरीसंग साझदारी गर्दै गरिबका छोराछोरीलाई निशुल्क रिह्याबको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  लागुऔषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताएउनुभयो । उनले लागुऔषध सेवनकर्ताका अवस्था विकराल रहेको चिन्ता व्यक्त गर्नुभयो । उहाले यो सामाजिक समस्या बन्दै गएकोले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको बताउनु भयो । प्रहरी महानिरिक्षक खनालले विद्यालयका शिक्षक र अभिभावक लागु औषध विरुद्ध खुलेर  परामर्शकेन्द्र आउनु पर्नेमा कुरामा  जोड दिनु भयो ।

लागु औषधले विकराल रुप लिईसकेको बताउदै उहाले कुलतमा लागेका छोरा छोरीलाई अभिभावक र शिक्षकहरुको सक्रिय सहभागीतामा परामर्शबाट मात्र न्युनिकरण गर्न सकिने महानिरिक्षक खनालको  भनाइ रहेको थियो । महानिरीक्षक खनालले भने “ छोराछोरी लागु औषध कारोबारी पो हुन भएन, लागु औषध तस्कर हुनु भएन, लागु औषध सेवन गर्ने व्यक्ति आफैं पीडित हुन् । उसलाई उद्दार गर्नुपर्छ । लाज मान्नुपर्ने अवस्था छैन, केटाकेटि कतै स्कुल जाँदा राम्रो गार्जेनसिप भएन होला, साथी संगतबाट कुलतमा परे होला । अब अभिभावकहरु मुख खोलेर आउनुपर्छ ।” उहाले लागु औषध दुव्र्यशन बोर्डर क्षेत्रमा अझै विकराल समस्या बनेको बताउँदै त्यसको न्युनिकरण मात्र होईन निस्तेज गर्नुपर्ने बताउनु भयो  ।

उहाले भन्नु भयो, “आफूलाई नपर्दा खासै समस्या लाग्दैन, जुन घरमा केटाकेटी कुलतमा लागेका छन् । त्यो घरको अभिभावकसँग साक्षात्कार गर्नुस उनीहरु नर्कको जीवन विताईरहेको अनुभूति हुन्छ । पहिला त छोराछोरी विग्रिए कष्टडीमा राख्देन भनेपछि राखिदिन्थे, तर अब मुलुकी संहिताले त्यसो गर्न पनि दिँदैन । अब सुधार्नु र सुध्रनुको विकल्प छैन  ” कार्यक्रममा वीरगञ्ज महानगरपालिका र प्रहरीले संयुक्त रुपमा सञ्चालित परामर्श केन्द्रबाट पूनःजीवन दिने प्रहरीले जनाएको छ ।

चितवन, तनहुँ र पोखरा सिरहा,जनकपुरमा पनि परामर्श केन्द्र स्थापना गर्ने तयारी प्रहरीको छ । कार्यक्रममा पदेश नम्बर २का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक प्रद्युमन कुमार कार्कि,लागुऔषध नियनत्रण ब्युरोका प्रमुख प्रहरी वपरष्ठ उपरिक्षक बसन्त कुमार ,वीरगन्ज उधोग वाणिज्य सघं अध्यक्ष गोपाल केडिया,पत्रकार महासंघका पर्सा जिल्ला अध्यक्ष श्यामबन्जारा लगायतका व्यक्तिहरुले बोल्दै युवाहरुमा लागुऔषधको दुर्वेशन विकराल समस्याका रुपमा अगाडी आएकाले यसलाई समाप्त पार्न सबै पक्ष एक जुट हुन आवस्यक रहेको धारण व्यक्त गर्नुभयो ।  

पुर्नस्थापना

विशेष