टाउको काटिएको अवस्थामा महिलाको शव फेला
सुनसरीः टाउको काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।
मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ । प्रहरीका अनुसार सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको छ । तर शवको पहिचान भने हुन सकेको छैन ।
पहिचानका लागि अनुसन्धान गरिरहेको प्रहरीले लेनदेनको विवादमा महिलाको हत्या भएको हुनसक्ने बताइएको छ । विभत्स अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड र महिलाको हातको बुढी औंलामा रङ लागेको अवस्थामा भेटिएको थियो ।
चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तर तर्फ भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा छ । केही दिनअघि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
शव सुनसरी वीभत्स