News

सोलुखुम्बुमा प्रहरीले हवाई फायर गर्‍यो, दर्जन बढी सवारीमा आगजनी

सोलुखुम्बुमा प्रहरीले हवाई फायर गर्‍यो, दर्जन बढी सवारीमा आगजनी

सोलुखुम्बु – तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ । एक जनालाई गोली लागेको स्थानीयबासीले बताएका छन्।

यस्तै प्रदर्शनकारीले १२/१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।  तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो । तर तिङ्लाबासीले त्यसको विरोध जनाए ।

मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुङ्गामुडा समेत गरेका थिए ।

विशेष