News

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको मृत्यु

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको मृत्यु

काठमाडौँ। विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको शुक्रबार मृत्यु भएको छ। 

स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्यमा पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका २८ वर्षिया थापाको शुक्रबार दिउँसो मृत्यु भएको हो। निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। 

खगेन्द्रले विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए। उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए।

बागलुङको धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए। २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए। २०४९ असोज १८ गते जन्मेका थापा जन्मदा ६ सय ग्रामका मात्र थिए। उनको वजन ५.५ किलो ग्राम मात्र थियो। 

#खगेन्द्र थापामगर

विशेष