शनिदेवलाई खुसी पार्न जप्नुहोस् यो मन्त्र, हुनेछ लाभ
आज शनिवार, मान्यता अनुसार शनिवारलाई भगवान शनिदेवको दिन मान्ने गरिन्छ। शास्त्रका अनुसार शनिदेव न्यायका देवता पनि हुन् । शनिदेवलाई खुसि पार्न अत्यन्तै गाह्रो छ । उनलाई खुसि बनाउन सकिएन भने राजालाई रंक र रंकलाई राजा समेत बनाउन सक्छन । यदि सफा मनले शनिदेवको ध्यान गरेमा शनिदेव छिट्टै नै प्रसन्न हुने पनि विभिन्न धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको छ।
आज हामी शनिदेवलाई प्रसन्न पार्न अपनाउनु पर्ने केहि उपायका बारेमा बताउन जादैछौं । शनिदेव प्रसन्न भएमा जिवनका हरेक दुख कष्ट अन्त्य हुनेछ । मान्यता अनुसार शनिवारको दिन यस मन्त्रको जप गर्नाले शनिदेवलाई खुसि पार्न सकिन्छ।
शनिदेवको तान्त्रिक मन्त्र: ऊँ प्रां प्रीं प्रौं सः शनये नमः
शनि देवको वैदिक मंत्र- ऊँ शन्नो देवीरभिष्टडआपो भवन्तुपीतये
शनि देवको एकाक्षरी मंत्र- ऊँ शं शनैश्चाराय नमः
शनि देवको गायत्री मंत्र- ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात्
यसका अलावा आउनुहोस शनिदेवलाई खुसि पार्न अपनाउनुपर्ने अन्य उपायहरु :
- शनिवार तेलमा बनाईएको खानेकुरा असहायलाई खुवाउदा शनिदेव प्रसन्न हुनेछन
-साँझमा दुगन्धित धुप बाल्ने तथा शनिदेवको नाममा दीप जलाउने
-भिखारीलाई कालो मास दान गर्ने
-कालो मास पानीमा बहाउने
-शनिवार राती रक्तचन्दनले भोजपत्रमा ’ऊं ह्वीं लेखेर नित्य पुजा गर्नाले अपार विद्या बुद्धि प्राप्त हुनेछ
-शनिवार कालो कुकुर, कालो गाईलाई रोटि खुवाउनाले जीवनमा रोकिएका कामहरु सम्पादन भएर जानेछ
शनिबार शनिदेव पूजा