एमसिसीमा कुनै सैन्य स्वार्थ छैन : अमेरिकी दूतावास

काठमाडौँ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ।
दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा कुनै पनि सैन्य मामिला नजोडिएको र अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको प्रष्ट पारेको हो। दूतावासले १० बुँदे विज्ञप्तिमार्फत एमसिसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु नपर्ने र हस्ताक्षर पनि गर्नु नपर्ने जनाएको छ।
दूतावासले नेपाली राजनीतिक नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसिसी कम्प्याक्टको योजना सुरु गरेको जनाएको छ। त्यस्तै नेपालका हरेक सरकार र सत्तासीन राजनीतिक दलले आर्थिक विकासका लागि एमसिसीको समर्थन गरेको पनि दूतावासले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
एमसिसी