News

हिमपहिरोले मनास्लु पदमार्ग अवरुद्ध

हिमपहिरोले मनास्लु पदमार्ग अवरुद्ध

गोरखा । लगातारको हिमपातका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । चुमुनुब्री गाउँपालिका वडा नं ४ को नामरुङमा बाटोमाथि लगातारको हिमपातपछि थुप्रिएको हिउँ पहिराेकाे रुपमा खस्दा पदमार्ग अवरुद्ध भएको हो। 

नामरुङ गाउँभन्दा करिब ५ सय मिटर माथिबाट खसेको हिउँपहिरो बुढीगण्डकी नदीसम्म पुगेको वडाअध्यक्ष पेमा डुण्डुप लामाले बताए। पदमार्गको करिब २५ मिटर क्षेत्रमा हिउँसहितको पहिरो थुप्रिएको छ । फेरि पहिरो खस्ने सम्भावना रहेका तत्काल पदमार्गको पहिरो पन्छ्याउन नसकिने लामाले बताए।  

यस्तै, चुमनुब्री गाउँपालिका वडा नं. २ को भर्जम गाउँको तल र माथि तथा भर्जमथांकामा पनि हिमपहिरो गएको छ।हिमपहिरोबाट मानवीय क्षति नहोस भनेर यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।

 

हिमपहिरो मनास्लु पदमार्ग

विशेष