News

प्रहरी कार्यालयकै छेउको पुलमा झुण्डिएर आत्महत्या

प्रहरी कार्यालयकै छेउको पुलमा झुण्डिएर आत्महत्या

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिकामा पुलमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयको पूर्व पट्टी तथा जय मालिका कलेज जाने बाटोको दायाँ पट्टी पुलमा झुन्डिएको अवस्थामा एक जनाको शव फेला परेको हो ।

झुन्डिनेमा अदालत रोडमै फेन्सी व्यापार गर्दै आएका ४१ वर्षका रामबहादुर खड्का रहेका प्रहरीले जनाएको छ । उनी सशस्त्रका अवकाशप्राप्त हवलदार समेत रहेका कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

कैलाली आत्महत्या कैलाली प्रहरी

विशेष