News राजनीति

सभामुख चयनका विषयमा पार्टीभित्र कुनै विवाद छैनः प्रवक्ता श्रेष्ठ

सभामुख चयनका विषयमा पार्टीभित्र कुनै विवाद छैनः प्रवक्ता श्रेष्ठ

बेनीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताएका छन् । शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गरे । 

उपसभामुखले राजीनामा दिने र सभामुख नेकपाबाटै हुने उनले बताए । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उनको भनाइ थियो । आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताए । आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उनले बताए ।  

नेकपा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सभामुख चयन

विशेष