News

मन्त्रीको गाडीनै ट्राफिक कारवाहीमा

मन्त्रीको गाडीनै ट्राफिक कारवाहीमा

जनकपुरधामः मन्त्रीको गाडीनै ट्राफिक कारवाहीमा परेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले चढ्ने गरेको सरकारी गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको हो । राज्यमन्त्री यादवले चढ्ने गरेको ज १ झ ४३९ नम्बरको झण्डावाला गाडीलाई ट्राफिक प्रहरीले शिवचोकदेखि भानुचोकको बिचमा ह्वील लक गरी कारवाही गरेको हो ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेको बेला राज्यमन्त्री यादव लगायत अन्य केही विशिष्ठ व्यक्तिको सरकारी नम्बर प्लेटका गाडीहरु शिवचोकदेखि भानुचोकको बिचमा नो–पार्किङ एरियामा राखिएको थियो ।

ट्राफिक प्रहरीले मन्त्रीको गाडी लगायत ना १ झ १६६७ र स १ झ ५१२ नम्बरको सरकारी गाडीहरुमा समेत ह्वील लक लगाएका छन । केही भारतीय नम्बर प्लेटका गाडीलाई पनि कारवाही गरिएको छ । सरकारी गाडीहरु जनकपुरधाममा ट्राफिक उल्लंघन गरिरहेको खबर आएपछि ट्राफिक प्रहरी सक्रिय भएका छन् ।

जनकपुरधाम ट्राफिक कारवाही

विशेष