News

'यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण मलाई देऊ'

'यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण मलाई देऊ'

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले संसदमै सरकारकाे पछिल्लाे रवैयाकाे चर्काे आलाेचना गरेका छन्। सरकारकाे पछिल्लाे निर्णयमाथि प्रश्न उठाउँदै उनले यती होल्डिङ्सले दिएको भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन प्रस्ताव समेत गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने बताएका हुन् ।

सरकारका मन्त्रीहरु, राष्ट्रियसभा अध्यक्ष र सदस्यहरुलाई साक्षी राख्छु भन्दै उनले भने, ‘म सरकारलाई प्रस्ताव राख्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिइएको छ, त्योभन्दा ५० करोड बढी म तिर्न तयार छु ।

सरकार मलाई दिन तयार छ ?’ ‘छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ’ उनले अघि भने । सरकारले हालै मात्र सम्झौता अबधि झण्डै ६ वर्ष बाँकी रहँदा गोकर्णको जग्गा थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । सांसद रायमाझीले आफूहरुले देशको प्रधानमन्त्रीका रुपमा देख्न चाहेको तर ओलीले एउटा निजी कम्पनीको कार्यकारी निर्देशकले झै काम गरेको आरोप लगाए ।

विशेष