रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ
काठमाडाैँ – पत्रकार शालिकग्राम पुडाशैनी प्रकरणमा आरोपित रवि लामिछानेसहित तिनै जनाले सफाइ पाएका छन्।
जिल्ला अदालत चितवनमा चलिरहेको उक्त प्रकरणमा उनीहरुले सफाइ पाएका हुन्।
श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार न्यायधिश हेमन्त रावलको इजलाशले उक्त निर्णय गरेको हो ।