देशका धेरै ठाउँमा चिसो बढ्ने
काठमाडौँ । विहीबारदेखि मुलुकका धेरै ठाउँमा चिसो बढ्ने मौसम पुर्वानुमान महाशाखाले छन् । जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद्ले बताएका छन् ।
यही प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
देशभर तापक्रम घट्ने क्रम रहेकाले हिमपात र चिसोबाट सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।