News मुख्य समाचार

टहरा हटाइएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यू आदेश जारी

टहरा हटाइएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोकः जिल्लाको बाह्रबिसे नगरपालिका–३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक बिज्ञप्ति जारी गर्दै कर्फ्यू लगाएको जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यू लगाइएको जानकारी गराइएको छ ।

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा (३क) बमोजिम कर्फ्यू लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिए । 

बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म कर्फ्यू लगाइएको जानकारी दिइएको छ ।

टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्रबिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्याक्रम राखेका थिए । स्थानीयबासी हेमन्त श्रेष्ठले नगरपालिकाले बिना मापदण्ड र पक्षपाती ढंगले टहरा हटाएको कारण प्रर्दशन गर्नु परेको गुनासो गरेका छन् । 

सिन्धुपाल्चोक कर्फ्यू बाह्रबिसे नगरपालिका टहरा

विशेष