विदेश

श्रीमानले ननुहाएपछि श्रीमतीले दिइन् डिभोर्स!

श्रीमानले ननुहाएपछि श्रीमतीले दिइन् डिभोर्स!

एजेन्सीः भारतको बिहार राज्यको वैशाली जिल्लाकी एक महिलाले आफ्ना श्रीमानले ननुहाएको भन्दै सम्बन्धविच्छेद मागेकी छन् । वैशालीकी २० वर्षीया सोनी रामले आफ्ना श्रीमान् २३ वर्षीय मनिष रामले हरेक दिन ननुहाएको र दाँत नमाझेको भन्दै सम्बन्धविच्छेद मागेकी हुन् ।

बिहार महिला आयोगमा उक्त उजुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्न दुई महिनाको समय दिएको छ । यदि उक्त अवधिमा मनिषले आफ्नो बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी दिएको छ । आयोगकी अध्यक्ष दिलमणि मिश्रले भनिन्, ‘नयागांव निवासी सोनीले पतिबाट सम्बन्धविच्छेदको लागि अनुरोध गरिन्।’

मनिषसँग २०१७ मा उनको बिहे भएको थियो । मनीष पलम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने सोनीको आरोप छ । ‘उसले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ उनले भनिन्, ‘१० दिनपछि मात्र उसले नुहाउँछ । पतिको रूपमा उसको व्यवहार पनि राम्रो छैन ।’ सोनी पतिसँग कुनै पनि शर्तमा बस्न चाहदिँनन् । 

सम्बन्धविच्छेद डिभोर्स सोनी राम

विशेष