स्मार्ट लाइसेन्स पनि नक्कली, ४ जना पक्राउ
काठमाडौँ । स्मार्ट लाइसेन्स पनि नक्कली देखा परेको छ । नक्कली स्मार्ट लाइसेन्स सहित चार जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, टेकु र ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ महानगरपालिका–२२ न्यूरोड पिपलबोटमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चावहिल बस्ने अनन्ता गुरूङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादव रहेका छन्।
प्रहरीले नक्कली लाइसेन्स बनाउन आएका अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुलेश्वरका सुवास रोक्का र सर्लाहीका दिपक ब्लोन छन्।
- उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।