News

ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता, सभामुखको टुंगो लाग्ने सम्भावना

ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता, सभामुखको टुंगो लाग्ने सम्भावना

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज सभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ । उम्मेदवार टुंगो लगाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी छ ।

नेकपाले उम्मेदवार टुंगो लगाउन नसक्दा लामो समयदेखि प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ । सोमबार बस्ने गरी पछिल्लो पटक पुस २७ गते बैठक स्थगित भएपछि नेकपामा पटपटक छलफल भए पनि उम्मेदवार टुंगो लागेको छैन् ।  

आज दुई अध्यक्षबीच सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफल हुन लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । आज उम्मेदवारको टुंगो लाग्न नसके प्रतिनिधिसभा बैठक पुनः अनिश्चित हुने सम्भावना छ ।

यसअघि पुस ११ गते, १६ गते र २७ गते बैठक स्थगित गरिएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपाले उम्मेदवारको टुंगो लगाउन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेगरी बस्नुपर्ने प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको हो ।   

नेकपा ओली–प्रचण्ड सभामुख

विशेष