News

ओली–प्रचण्डबीच छलफल सकियो, नेकपाको सचिवालय बैठक ४ बजे बस्दै

ओली–प्रचण्डबीच छलफल सकियो,  नेकपाको सचिवालय बैठक ४ बजे बस्दै

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सकिएको छ ।

आज बिहान सभामुख उम्मेदवारको टुंगो लगाउन ओली र प्रचण्डबीच करिब ३ घन्टा छलफल भएको थियो । दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बस्ने जनाइएको छ।

प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आज बिहानै बालुवाटार पुगेका थिए । नेकपालाई भोलिका लागि प्रतिनिधि सभाको बैठक तोकिएकाले सभामुखका उम्मेदवार आजसम्म टुंग्याइ सक्नुपर्ने दवाव छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । 

नेकपा नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा सचिवालय बैठक

विशेष