विदेश

पबजी खेल्दाखेल्दै हृदयघातका कारण युवकको मृत्यु

पबजी खेल्दाखेल्दै हृदयघातका कारण युवकको मृत्यु

काठमाडौंः भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए । उनलाई अचानक हृदयघात भयो । हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ । 

समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पबजीको लत लागेको थियो । छोटकरीमा पबजी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्याटलग्राउण्डस् नामक उक्त खेल हिंसाजन्य सामग्रीमा आधारित छ । चिकित्सकहरूका अनुसार खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसाहरू तन्कन पुगेका थिए । जसका कारण रक्तसञ्चारमा अनियमितता उत्पन्न हुँदा हृदयघात भएको थियो ।

कक्षा १० सम्म पढेका हर्सल दुई वर्षअघिसम्म हाउसकिपिङको रुपमा कार्यरत थिए । पबजीको लत लागेपछि उनी दुई वर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले जनाएका छन् । एजेन्सी 

हृदयघात पबजी

विशेष