पाकिस्तान चरम आर्थिक संकटमा
काठमाडौं - सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । पछिल्लाे केही समयदेखि पाकिस्तानको वित्तीय संकट यस्तो डरलाग्दो अवस्थामा पुगेको छ कि यसले विदेशी कर्पोरेसनबाट ठेक्का लिएका मुख्य पूर्वाधार परियोजनाहरूको लागि भुक्तान गर्न असमर्थ भएकाे छ।
यसरी निकट भविष्यमा पाकिस्तानकाे आर्थिक सम्बन्ध बिग्रने पक्का देखिएकाे छ। त्यस्ता धेरै कर्पोरेसनलाइ तिर्न बाँकी रहेकाे रकमका कारण पाकिस्तानलाई आफ्नो आर्थिक दायित्व पूरा गर्न गाह्रो भइरहेको छ। दक्षिण कोरियाली फर्मको भुक्तानी मुद्दाले पाकिस्तान र दक्षिण कोरिया बीचको द्विपक्षीय सम्बन्ध बिगार्ने खतरा उच्च रहेकाे छ।
संरक्षक जलविद्युत् आयोजनाको लागि पाकिस्तानले स्टार हाइड्रो पावर लिमिटेड (एसपीएल) लाई भुक्तानी गर्ने क्रममा दक्षिण कोरियालीले कूटनीतिक दबाब बढाएको छ। सियोलले पाकिस्तानमा लगानी नगर्नकाे लागि आफ्ना कर्पोरेसनहरूलाई सल्लाह दिएकाे छ।
स्टार हाइड्रो पावर लिमिटेडले सन् २०१२ मा पाकिस्तानले कब्जा गरि राखेकाे कश्मीरको मुजफ्फराबाद जिल्लामा कुन्हार नदीमा संरक्षक जलविद्युत परियोजना निर्माण गर्न पाकिस्तानको उर्जा मन्त्रालयबाट ठेक्का पाएको थियो। आयोजनाको कुल लागत ४ सय ३६ मिलियन डलर थियो जसमध्ये एशियाई विकास बैंकले ९७ मिलियन ऋण दिएकाे थियाे। दक्षिण कोरियाली निगमले सन् २०१७ मा उक्त परियाेजना सम्पन्न गरेकाे थियाे।
विगत दुई वर्षदेखि यो परियोजना चलिरहेकाे छ। तै पनि पनि पाकिस्तानले कोरियाली फर्मलाई पूरा भुक्तान गर्न सकेन। हालसम्म पाकिस्तानले १.३३ बिलियन मात्र भुक्तानी गर्न सफल भएकाे छ जुन दक्षिण कोरियाली कर्पोरेसनको कुल भुक्तानीको २७ प्रतिशत हो। कम्पनीले सन् २०१७ मा पीआरकाे बिल ४.९२ बिलियन बढाएकाे थियाे।
पूरा भुक्तानी गर्न लामो समय लगाएपछि दक्षिण कोरियाली कम्पनीले पाकिस्तान उर्जा मन्त्रालयलाई चेतावनी दिन बाध्य भएकाे छ। यदि भुक्तानीमा अझ ढिलाइ भयो भने यसले सार्वभौम ग्यारेन्टी गुमाउने कम्पनीले जनाएकाे छ। दक्षिण कोरियाली सरकारले भुक्तानी गर्नका लागि पाकिस्तानमा कूटनीतिक प्रभाव पार्न यो मुद्दा पर्याप्त गम्भीर रहेको छ।
यसले दक्षिण कोरियाका लगानीकर्ताहरूलाइ हताेस्साहित बनाएकाे छ। जो धेरै समय अघि पाकिस्तानको पूर्वाधार परियोजनाहरूमा लगानी गर्न उत्सुक थिए। उनीहरू दाेधारमा परेका छन्। पाकिस्तानकाे कब्जमा रहेकाे कश्मीरको विवादित क्षेत्रका धेरै जलविद्युत् आयोजनाहरू, जसमा दक्षिण कोरियाली निगमले चासो देखाएको थियाे, तर अहिले त्यसबाट ब्याक भएकाे छ।