News

राष्ट्रियसभा निर्वाचनका लागि राती १२ बजेबाट मौन अवधि सुरु

राष्ट्रियसभा निर्वाचनका लागि राती १२ बजेबाट मौन अवधि सुरु

काठमाडौँ। राष्ट्रियसभा निर्वाचनका लागि सोमबार रातीबाट मौन अवधि सुरु हुने भएको छ। सो अवधिको पालना गर्न निर्वाचन आयोगले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ।

माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भन्दै यो समयमा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट भोट नमाग्नसमेत आग्रह गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनको ४८ घन्टाअघि मौन अवधि सुरु हुने प्रावधानबमोजिम सोमबार रातिदेखि सो अवधि सुरु भएको बताए।

‘मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन,’ आयोग प्रवक्ता श्रेष्ठले भने, ‘ यस अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइवर र एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार गर्न निषेध गरिएको छ।’ आयोगले यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्नेगरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तक्र्र्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कार्य गर्न नपाउने जनाएको छ। 

 
 

राष्ट्रियसभा निर्वाचन मौन अवधि

विशेष