मोरङमा बम बिष्फोट: ३ वटा स्काभेटर जलेको अवस्थामा फेला

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेमा आइतबार राति सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट गराईएको छ।
आइतवार राति ९ बजेको समयमा बम विस्फोटको ठुलो आवाज सुनिएको र हेर्दै जाँदा स्काभेटर जलेको अवस्थामा भेटिएको मिक्लाजुङ –१ का वडाध्यक्ष नरबहादुर राईले बताए । सो ठाउँमा बम पनि फेला परेको छ। राति विस्फोट भएको र सोमबार बिहान बम भेटिएपछि स्थानीयबासी त्रसित भएको स्थानीय शिक्षक पर्वत राईले जानकारी दिए ।
विस्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। यद्यपि नेत्रविक्रम चन्द 'विप्लव' समूहले विस्फोट गराएको आशंका गरिएको छ। सो स्थानमा विप्लव समूहको गतिविधि हुने गरेको स्थानीयबासीले बताएका छन्। उत्तरी मोरङ तत्कालीन सशस्त्र युद्धमा माओवादीको सैन्य तालिम हुने क्षेत्रका रुपमा समेत चिनिन्छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ।
विस्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।
बम बिष्फोट मोरङ