News

माता कालीले भगवान शिवको छातीमा किन टेकिन् ?

माता कालीले भगवान शिवको छातीमा किन टेकिन् ?

काठमाडौं । कालीमाता माता पार्वतीको रुप हुन् । उनि दूर्गा पनि हुन् । तर पनि भगवान शिवले आफनै पत्नीको पैतालामुनी आउनु पर्यो । सत्ययुगमा रक्तबिज नामक राक्षसले घोर तपस्या गरेर एक बरदान पायो । उसको रगतभूइँमा पर्नासाथ उ जस्तै अन्य राक्षसहरु उत्पन्न हुन्थे । रक्तबिजको आतंकले तीन लोकमा हाहाकार मच्चियो । देवताहरुले पनि रक्तबिजको प्रभाव महसुस गर्न थाले ।

त्यसपछि देवताहरुले रक्तबिजलाई सिध्याउने अठोट गरे। रक्तबिज एक्लो र बाँकी सबै देवता मिलेर युद्ध गरे । युद्ध घमासान भयो । तर जब रक्तबिजलाई प्रहार गर्न थालियो । उसको शरिरबाट रगत निस्केर जमिनमा खस्न थाल्यो । एक थोपाबाट एक रक्तबिजको जन्म हुन थाल्यो । रक्तबिजहरु धेरै उत्पन्न भए । ती सबैमाथि देवताहरुले पुन आक्रमण गरे । सबैको रगत जमिनमा झर्नेबित्तिकै अरु रक्तबिज उत्पन्न भए । संसारमा रक्तबिज मात्रै उत्पन्न हुन थाले ।

सबै देवताले रक्तबिजसँग नसकिने निष्कर्ष निकाले । अनि माँ दुर्गा भएठाउँ गएर पुकार गर्न थाले । दूर्गामाताले रक्तबिजलाई प्रहार गर्न थालिन् । तर रक्तबिज झनै बढ्दै जान थाल्यो । त्यसपछि मा दूर्गाले कालीमातालाई उत्पति गरिन् । अनि भनिन् कि – हे काली, यी रक्तबिजहरुलाई सिंगै निलिदेउ । मूल रक्तबिजलाई म काट्छु तिमी उसको रगत सबै पिइदेउ ।’

दूर्गामाताले रक्तबिजलाई काटिन् । माँ कालीले उसको रगत पिउन थालिन् । रक्तबिजको रगत कालीमाताको पेटमा पुग्यो । त्यही हजारौं रक्तबिज उत्पन्न भए । कालीमाताले रक्तबिजहरुको टाउकोको माला लगाएर, हजारौ हात जोडेर पृथ्वीमा प्रलय मच्चाउन थालिन । सबै रक्तबिजहरुलाई मार्ने धुनमा उनको शरीर पनि ठूलो हुन थाल्यो । विराट रुप धारण गरिसकेकी थिइन् ।

कालीमाताको यस्तो रौद्र, भयंकर रुपले विनासबाहेक केही नगर्ने देखियो । रक्तबिजको संहारमा कालीमाता अत्यन्त्र क्रोधमा आएर भयंकर रुप धारण गरेकी थिइन् । यस्तो अवस्थामा त कालीमाताले पृथ्वीमा विध्वंसमात्रै मच्चाउने देखियो । सबै देवताहरु गुहार माग्दै भगवान शिवकहाँ पुगे । देवताको इच्छाअनुशार भगवान शिव कालीमाताका अगाडि उत्पन्न भएर सम्झाउन थाले । तर कालीमाता नर संहार गर्दै गइन् । उनी शान्त भइनन् । त्यसपछि भगवान शिवले आफ्नौ रौद्ररुप लिएर काली हिँडने बाटोमा सुतिदिए । त्यसपछि कालीमाताले रिसको झोंकमा भगावन शिवको छातीमा टेक्न पुगिन् । अनि मात्रै कालीमाता शान्त भइन् ।

भगवान शिव कलिमाता छाती

विशेष