विदेश

यमनमा मिसाईल आक्रमण, कम्तिमा १०० सैनिक मारिए

यमनमा मिसाईल आक्रमण, कम्तिमा १०० सैनिक मारिए

काठमाडौँ। यमनमा एक आर्मी प्रशिक्षण शिविरमा रहेको मस्जिदमा गरिएको मिसाइल आक्रमणमा परि कम्तीमा १०० सैनिक मारिएका छन् । मस्जिदको वरिपरि शव टुक्रा टुक्रा परेका छन। साथै रगतले मस्जित वरिपरिको क्षेत्रमा रगत जमेको छ। 

अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि भएका छन् । सैनिक स्रोतले समाचार एजेन्सी रोयटर्ससँग भन्यो, ‘राजधानी सनादेखि झण्डै १७० किलोमिटर टाढा एक मस्जिदलाई निसाना बनाइयो, जुन समय मानिसहरु नमाज पढ्नका लागि पुगेका थिए ।’

यमनको सरकारले यो आक्रमणमा हुथी विद्रोहीलाई जिम्मेवार ठहराएको छ । तर कुनै पनि सङ्गठनले यो आक्रमणको जिम्मा लिएका छैनन्। अधिकारीहरुले आक्रमणमा मृतकको सङ्ख्या अझै बढ्ने सक्ने बताएका छन् । 

गएको अगस्ट महिनामा हुथी विद्रोहीले अदर शहरमा सैन्य परेड चलिरहँदा मिसाइल आक्रमण गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको थियो । 

यमन मिसाइल आक्रमण

विशेष