भगवान शिवलाई खुसी पार्न यसो गर्नुहोस्, मिल्नेछ लाभ

काठमाडौँ। भगवान शिवलाई देवादी देव मान्ने गरिन्छ। भनिन्छ भगवान शिवलाई साँचो मनले आराधना गरेमा उनि छिट्टै नै भक्तप्रति प्रसन्न हुन्छन। शिव अति नै दयालु र थोरै भक्तिले प्रसन्न हुने भएकाले उनलाई भोलेनाथको नामले पनि पुकार्ने गरिन्छ।
भगवान शिवको पुजा आराधना त जुनसुकै दिन पनि गर्न सकिन्छ तर सोमवारको भने अझ बिशेष महत्व रहेको छ। सोमवार भगवान शिवप्रति समर्पित दिन हो। त्यसैले गर्दा यस दिन भगवान शिवको पुजा गर्नु आवश्यक छ।
यदि पारिवारिक या धन सम्बन्धी समस्या छ भने सोमवारको दिन यस उपाय अपनाउदा बिशेष लाभ हुने देखिन्छ।
सोमवार भोलेनाथलाई यसरी प्रसन्न पार्नुहोस
-२ कपूर र एक ल्वाङ्गको उपाय अपनाएको खण्डमा धनआर्जनको प्रसस्त मार्गहरु खुलेर जानेछन।
-सोमवारको दिन सबैभन्दा पहिले पुजा कोठामा २ कपूर र एक ल्वांग लिएर जानुहोस र भगवान शिवको मुर्ति या तस्बिर अगाडी राख्नुहोस।
-यस पछि २१ पटक 'ऊँ नमो मनः शिवाय' को मन्त्र उच्चारण गर्नुहोस। जप गरिसके पछि हत्केलामा २ ओटा कपूरको बिचमा ल्वांग राखी मुठी बन्द गर्नुहोस र आफ्ना समस्या भन्न थाल्नुहोस।
-मुठीमा राखिएको ल्वांग र कपूरलाई कुनै शिव मन्दिरमा लागि शिवलिङ्गमा चडाईएको जलमा कपुर स्पर्श गराई कपूर र ल्वांगलाई बालिदिनु पर्छ।
-यदिमन्दिरसम्म जान सम्भव नभएको अवस्थामा तुलसीको बोट अगाडी कपूर बाल्न सकिन्छ। विधिवत रुपमा यस उपाय अपनाएको खण्डमा यसको परिणाम छिट्टै नै देखिने बिश्वास गरिन्छ।
सोमबार भगवान शिव