News

गोसाइँकुण्ड पदयात्रामा गएका २ पर्यटक ३ दिनदेखि सम्पर्कविहिन

गोसाइँकुण्ड पदयात्रामा गएका २ पर्यटक ३ दिनदेखि सम्पर्कविहिन

रसुवा । लगातारको हिमपातका कारण गोसाइँकुण्ड पदयात्रामा गएका २ जना पर्यटक ३ दिनदेखि सम्पर्कविहिन भएका छन। काठमाडौंको गोकर्णेश्वर–७ का १९ वर्षीय जापान तामाङ र उनका एक साथी सम्र्पकविहीन भएका हुन् ।

उनीहरू नुवाकोटको दुप्चेश्वर–१ फेदीबाट सम्पर्कविहीन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन ।तामाङ दिदी सुस्मितासँग शुक्रबारसम्म सम्पर्कमा रहेको र दुई रात हिउँ परेका कारण फेदीमा बसेको बाहेक अन्य कुरा थाहा नभएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

गत सोमबार मेलम्ची हिँडेका उनीहरू नुवाकोट र सिन्धुपाल्चोक सीमा मागिन गोठबाट गोसाइँकुण्ड तर्फ लागेकोमा हिउँ परेका कारण फेदीमा बसेका थिए । फेदीमा तापक्रम माइनस २१ डिग्री पुगेको र ४ फिटसम्म हिउँ जमेको छ ।

खोजीका लागि शनिबार एभरेस्ट एयर र आइतबार सिम्रिक एयरको हेलिकप्टर परिचालन गरे पनि पत्ता लागेको छैन ।

 

गोसाइँकुण्ड पदयात्रा सम्पर्कविहिन

विशेष