अन्तत: ओली-दाहालको दबाबले राजिनामा गर्न बाध्य भईन उपसभामुख तुम्बाहाङ्फे

अन्तत: ओली-दाहालको दबाबले राजिनामा गर्न बाध्य भईन उपसभामुख तुम्बाहाङ्फे

काठमाडौँ। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरेर सभामुख चयनका लागि बाटो खोलिदिने भएकी छिन् । उनले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी हुन् ।

आज प्रतिनिधिसभा बैठक बस्नुअघि राजीनामा दिने उनीनिकट स्रोतको भनाइ छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले दबाब दिएपछि राजीनामा गर्न उनी बाध्य भएकी हुन् ।

अन्तिम समयसम्म पनि सभामुखले गरेको अपराधको दण्ड आफूलाई भोगाउन खोजिएको भन्दै उपसभामुख पदबाट राजीनामा नदिने अडानमा रहेकी उनी प्रधानमन्त्री ओलीसँगको छलफलपछि पद त्याग्न लागेकी हुन् ।

सभामुखमा आफ्नो नाम प्रस्ताव हुनसक्ने आशासहित उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी तुम्बाहाङ्फेले आइतबार नेकपा सचिवालय बैठकअघि ओलीसँग भेट गरेकी थिइन् ।

उनले आफ्नो के दोष हो र के को दण्ड दिन खोजिएको भन्दै प्रश्नसमेत गरेकी थिइन् ।उपसभामुखको राजीनामापछि आजको बैठकको अध्यक्षता भने प्रतिनिधिसभाका जेष्ठ सदस्य राजपा नेता महन्थ ठाकुरले गर्नेछन् ।

 

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे राजिनामा

संम्बधित खबर

विशेष